एजेन्सी : अर्जेन्टिनाका फुटवल स्टार खेलाडी लियोनल मेसीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय ‘कोनमेबोल’लाई भ्रष्ट भन्ने टिप्पणी गरेका कारण उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो ।
मेसी क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । मेसीलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ । कोनमेबोलले निर्णय विरुद्ध अपिल गर्न उनलाई एक साताको समय दिएको छ । यो निर्णयसँगै मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेल गुमाउने देखिएको छ ।
गत महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटवलको क्रममा उनले कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए । तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा रातो कार्ड पाएपछि उनले यस्तो आरोप लगाएका थिए ।
रातो कार्ड पाएका मेसी तेस्रो स्थानका लागि भएको पदक वितरणमा सहभागी भएका थिएनन् । खेलमा अर्जेन्टिना दुई एक गोल अन्तरले पराजित भएको थियो । कोनमेबोलले भने मेसीले लगाएका आरोप आधारहिन रहेको बताउदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies