वीरगञ्ज : आफ्नै अपहरणको हल्ला फैलाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका, १९ इनर्वा बस्ने ३१ वर्षीय महम्मद तवरेज आलम रहेका छन् । उ
उनले अपहरणमा परेको भन्दै परिवारसँग पैसा मागेको देखिएको पर्सा प्रहरीले जानकारी दिएको छ । उनले साउन १३ गते भरतपुर भैरहवा गएर दिदीलाई फोन गरी नाटकीय तरिकाले पैसा मागेका थिए । पक्राउ परेका आलमबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies