काठमाडौं : मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लि.ले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनोट चरण समाप्त भएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धिरुले सहभागिता जनाएका छन् ।
भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनोटको लागि पहिलो चरणबाट देशैभरीबाट जम्मा ४० योग्य प्रतियोगीलाई अवसर प्रदान गरिने छ । छनोट भएका ४० प्रतियोगीलाई १ महिना सम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारि दिइन् ।
मिस गुरुङ इन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । ५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबारको पुरस्कार व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । मिस गुरुङ इन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ । भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगीता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि.एण्ड.बि कि बिद्या भट्टराईले जानकारि दिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies