काठमाडौं : १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता ‘साग’ को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई निर्देशन दिन पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
जीवनराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी सदस्य छन । समितिलाई तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश दिइएको छ ।
बैठकमा समितिका सदस्यहरुले सो प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।
देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने सदस्यहरुको भनाइ छ । साग खेलकुद प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies