काठमाडौं : विक्रम सापकोटाको निर्देशन रहेको फिल्म ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री विनिता थापामगरलाई फिचर्ड गरिएको छ । फिल्मको पोस्टर केही पृथक छ । फिल्मले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ ।
निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेपनि पोस्टरमा प्रदर्शन मिति भने राखेको छैन । फिल्मले एक बेरोजगार गाउँको कथा वाचन गरेको निर्देशक सापकोटाले बताएका छन् । सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् । साथै उनले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको र केही दिनमा टुंगो लाग्ने बताए ।
फिल्ममा निर्देशक सापकोटालाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले फिल्मको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश र विनिताका साथै उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी पुर्याउने जिम्मेवारी पाएको एक युवकको कथामा फिल्म आधारित छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies