प्रस्तावित संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकप्रति निजामति कर्मचारीहरुले कडा आपत्ति जनाएका छन् । विशेषगरी आधिकारिक टे«ड युनियनले ऐनप्रति आपत्ति जनाएका हुन् । विधेयकको दफा १२० को उपदफा ६ ले ट्रेड युनियनले आन्दोलनका नाममा सामुहिक राजीनामा दिए स्वीकृत गर्न सकिने व्यवस्था गर्न लागेको छ । माग द ावी गर्दा छलफल, वार्ताको माध्यम प्रयोग गर्नुपर्ने र त्यस बाहेक हड्ताल वा काम बन्द गर्न नपाउने प्रावधान राखिएको छ ।
यो प्रावधानप्रति राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु पनि विभाजित बनेका छन् । दुई भन्दा बढी मत सांसदहरुमा देखिएका छन् । कोही सांसद राजीनामा स्वीकृत गर्नुपर्ने पक्षमा छन् भने कोही विपक्षमा । तर, कडा नियमन र अनुशासन गरेर भएपनि राजीनामा स्वीकृत गरिन नहुने पक्षमा छन् । आन्दोलन गर्ने अधिकार निजामति कर्मचारीहरुलाई पनि भएकाले सामुहिक राजीनामा पनि आन्दोलनकै एक चरण भएको तर्क गरिएको छ ।
कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्थाप्रति असहमति जनाउदै आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सार्वजनिक आपत्ति नै जनाएका छन् । सामूहिक राजीनामा आन्दोलनकै एक प्रक्रिया भएकाले विधेयकको प्रावधानप्रति सहमति जना नसकिने अध्यक्ष ढकालको तर्क छ । ढकालको तर्कप्रति नेकपाकै कतिपय सांसदहरुले सहमति जनाएका छन् ।
उनीहरुको तर्कअनुसार, हिजो राजनीतिक परिवर्तनका लागि जुन विधि अलम्बन गरेर गणतन्त्र आएको छ । त्यसलाई सम्मान गर्नुपर्ने सुशासन समितिका सदस्यहरुको तर्क छ । राजनीतिक नेतृत्व सँधै कर्मचारीप्रति सशंकित हुँदै आएको छ । हिजो पनि र आज पनि । कर्मचारीले बढी राजनीति गरेकोप्रति पनि असन्तुष्टि छ । यसको परिणाम राजनीतिक दल निकट संगठनको मान्यतालाई कमजोर बनाउँदै आधिकारिक कर्मचारी युनियन बनिसकेको छ ।
प्रश्न, कर्मचारीहरुको आन्दोलनको मात्रै होइन । यो त सार्वजनिक बहसको थालनी मात्रै हो । किनभने आज धेरैजसो युनियनहरुको शैलीप्रति असन्तुष्टि बढ्दै गएको छ । हिजो व्यवस्था बदल्दा जस्तो विद्रोही चरित्र अपनाएको थियो । आज पनि त्यही चरित्र रहन हुने र नहुने पक्षमा बहस हुँदै आएको छ । निजामति कर्मचारीहरुको युनियनलाई जसरी कस्ने कामको प्रयास गरिएको छ । अन्यत्र पनि बहस गरेर एउटा निछोड सायद आजको आवश्यकता पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies