सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार छन् ।
जिल्ला अदालत सुर्खेतले २०६८ फागुन १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरको फैसला गरेपश्चात् फरार रहेका सुनारलाई बुधबार उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
अदालतको फैसला आदेशअनुसार पक्राउ परेका सुनारको हकमा दुई वर्ष ११ महिना २ दिन कैद भुक्तान गर्न बाँकी रहेको लगत नं ६६२ मा देखिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।
सुनारलाई पक्राउ गरी अदालतमा बुझाइएको र अदालतकै आदेशअनुसार उनलाई बुधबार नै कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies