एजेन्सी : उत्तर कोरियाले मिसाइल प्रक्षेपणको क्रम जारी राखेको छ । उसले आज बिहान समुन्द्रतर्फ लक्षित गरेर मिसाइल परीक्षण गरेको हो । दक्षिणी हामग्योङ्ग प्रान्तको पूर्वी शहर हामहुङ्गबाट उत्तर कोरियालो जापान सागर तर्फ लक्षित गरी मिसाइल प्रहार गरेको हो ।
परीक्षण गरिएको मिसाइल कुन प्रकारको हो भन्ने खुल्न बाँकी छ । दुई हप्ताको अवधिमा प्योङयाङले पाँचौँ पटक मिसाइल प्रक्षेपण गरेको हो । मंगलवार पनि उसले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताए लगत्तै मिसाइल प्रक्षेपण भएको हो । हाल अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाली नेता किम जोङ उन असन्तुष्ट रहदै आएका छन् ।
दुई देशले अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । गत जुनमा ट्रम र किमबीच परमाणु निशस्त्रीकरण सम्वन्धी वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । त्यसयता उत्तर कोरियाले लगातार मिसाइल प्रक्षेपण गर्दै आएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2019 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies