एजेन्सी : पाकिस्तानका विदेशमन्त्री महमूद कुरेशी र चिनियाँ विदेशमन्त्री वाङ्ग यी विच बेइजिङमा भेटवार्ता भएको छ । भारत प्रशासित कश्मीरमा धारा ३ सय ७० हटाएको विरोधमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयासमा कुरेशी चीन पुगेका हुन् ।
भेटमा चिनिया समकक्षी वाङ्गले भारतको आक्रामक रवैयाका कारण जम्मू कश्मीर क्षेत्रका मानिसहरु खतरामा परेको बताएका छन् । उनले शान्ति र स्थिरताका लागि पाकिस्तानले गरिरहेको प्रयासलाई समर्थन समेत जनाएका छन् ।
भेटपछि ट्विट गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेशीले मिलेर कश्मीरका मानिसहरुको आवाज उठाउन चीन सहमत भएको उल्लेख गरेका छन् । यसअघि नै चीनले कश्मीर मुद्दामा भारत र पाकिस्तानलाई संयम रहन आग्रह गरिसकेको छ । त्यसको प्रतिक्रियामा भारतले दोस्रो देशको आन्तरिक मामिलामा दखल राख्न आवश्यक नरहेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies