काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । आज काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने बताएका हुन् ।
परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्कने बताए । अध्यक्ष दाहालले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि कम्युनिष्ट एकता गरिएको बताए ।
उनले पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies