यूएई : यूएईमा मृत्यु भएका एक नेपालीको शव नेपाल पठाइएको छ । गत आइतबार यूएईमा मृत्यु भएका स्याङ्जा चापाकोटका ४४ वर्षीय मधुसुधन पाण्डेको शव नेपाल पठाइएको हो । पाण्डे ९ वर्षदेखि यूएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए ।
अघिल्लो शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई बिहान असहज महसुश भएपछि सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याएको आधा घण्टामै उनको मृत्यु भएको थियो । पाण्डेको मृत्युको कारण हृदयघात भएको अस्पतालले जनाएको छ । पाण्डेको शव कानूनी प्रक्रिया पूरा गरी नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज यूएईका वेदप्रसाद अर्यालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies