भारत : भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नियुक्त भएकी छन् । नयाँ अध्यक्ष चयनका लागि शनिबार बसेको कांग्रेसको कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो ।
कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठक सकिए लगत्तै जानकारी दिँदै सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत गरिएको बताए ।
बैठकपछि कांग्रेस महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन् ।
यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन् । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो ।
तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन् । यस्तै कंग्रेसलाई जसैगरि पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies