काठमाडौं : सन् २०२२ को विश्वकप फुटबलको आयोजक कतारमा आप्रवासी कामदारले तलव लगायत सेवा सुविधा नपाएको विषय पुनः एक पटक चर्चामा आएको छ ।
कतारले आप्रवासी कामदारका हक अधिकारका विषयमा पर्याप्त सुधार गरेको र आप्रवासी कामदारहरुलाई अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार सेवा सुविधा र तलव दिएको बताएपनि ह्युमन राईट्स वाचले कतारको दोहास्थित एसियन टाउनमा कार्यरत सयौं विदेशी कामदारहरु करार अनुसार तोकिएको तलव नपाएको, बसोवासस्थल अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको बताएको छ ।
उक्त संस्थाले कामदारले कम्पनीले ज्यादतीका विरुद्धमा आवाज उठाएमा थप समस्यामा पार्ने चेतावनी दिने गरेको आरोप समेत लगाएको छ । उक्त संस्थाले पटक पटक सुधारको प्रतिवद्धता जनाएपनि कामदारको अधिकारलाई सिमित तुल्याउने कफाला प्रणाली कायमै राखेका कारण कामदारले रोजगारदाता परिवर्तन देखि विरोध प्रदर्शन र ट्रेड यूनियनमा आवद्ध हुन नदिएको दावी गरेको छ ।
गत अगष्ट ५ तारिकमा कतारको एसियन टाउनमा कार्यरत ८ सय देखि १ हजार कामदार विरोधमा उत्रिएको भन्दै ह्युमन राईट्स वाचले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रदान गर्ने कम्पनीमा कार्यरत एक विदेशी कामदारले घर फर्काउने चेतावनी दिएर थोरै तलवको करार पत्रमा हस्ताक्षर गर्न बाध्य बनाएको दावी गरेको छ ।
कतारमा आप्रवासी कामदारको विषय पटक पटक चर्चामा आउने गरेको छ । कामदारले सेवा सुविधा नपाएको विषयमा बन्ने पश्चिमि मुलुकका समाचारमा भने नेपाली कामदारको पीडालाई आधार बनाउने र विना कारण मुछ्ने गरिएको छ । तर पनि यस पटकको समाचारमा नेपाली कामदारका विषयवस्तु समेटिएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies