अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन आप्रबासीमाथि थप कठोर बन्ने भएको छ । ट्रम्प प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति सार्वजनिक गरेको हो ।
नयाँ नीति एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासी लक्षित छ । ’पब्लिक चार्ज रुल’ नामक नियममा आप्रवासी खानेकुरा र आवास सुबिधामा निर्भर हुनसक्ने लागेमा सरकारले तिनको आवेदश अस्वीकार गर्नसक्ने ब्यवस्था गरिएको छ । यो नियम अक्टोबर पन्ध्र तारिखदेखि लागू हुनेछ ।
यसले भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्ने बताइएको छ । ट्रम्प प्रशासनले भने यो नियमले आप्रवासीलाई आत्मनिर्भर हुने प्रोत्साहन गर्ने दावी गरेको छ ।
नागरिकता नभएपछि कानूनी रुपमा अमेरिकामा बसिरहेका २ करोड २० लाख मानिसलाई पछिल्लो नियमले असर पार्ने बताइएको छ । आप्रवासीको अधिकारमा क्रियाशिलहरुले ट्रम्प प्रशासनको नयाँ नीति विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies