काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । पार्टीको स्कुल विभागको विषयमा सहमति जुटन नसकेपछि परामर्शका लागि भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले आजको बैठक स्थगित गरेका हुन् ।
आज दिनभर पार्टीका शिर्षनेतासँग परामर्श गरेर बुधबार सचिवालय बैठक गर्ने तयारी छ । बुधबारको बैठकमा महासचिव विष्णु पौडेलले कार्यविभाजन प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । स्थायी कमिटि सदस्यलाई विभाग र जनसंगठनको प्रमुख बनाउन लागिएको छ ।
त्यस्तै केन्द्रीय सदस्यलाई विभागको उपप्रमुख र सहइन्चार्ज बनाउन प्रस्ताव गरिएको छ । स्कुल विभागको नेतृत्व टुग्याउन नेकपालाई सकस भएको छ । स्कुल विभागमा आठ जना नेताले दावी गरेका छन् । तिमध्ये इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको नाम चर्चामा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies