काठमाडौं : सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवको राजीनामा फिर्ता हुने भएको छ । सांसद यादवले सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए ।
पार्टीसँग छलफल नगरी राजीनामा बुझाएका डा यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेपछि राजीनामा फिर्ता गर्न तयार भएका हुन् । डा यादवको राजीनामा आजै फिर्ता हुने सचेतक अरगरियाले बताए ।
वालरोग विशेषज्ञ डा.यादव गैरराजनीतिक व्यक्ति रहेकाले काम गर्न समस्या भइरहेको पारिवारिक स्रोतल जनाएको छ । सांसद हुँदापनि डा. यादव जहिलेपनि जनकपुरधाम नै बस्छन र क्लिनिक चलाउनमै व्यस्त रहने गर्छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2019 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies