दोलखा : मध्यान्हकर्मी राजन बस्नेत ‘सोसल युथ हिरो २०७६’ बाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखा, सशत्र प्रहरी बल नेपाल नं १८ गुल्म दोलखा र दोलखा डान्स क्रुको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बस्नेतलाई सम्मान गरिएको हो ।
लागूऔषध तथा दुव्र्यसनी न्यूनिकरणमा युवाहरुसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा महिला तथा बालबालिका र युवाको हकअधिकार र संरक्षण तथा शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बस्नेतलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको डान्स क्रुका अध्यक्ष विष्णु राज गुरुङले जानकारी दिए ।
कार्यक्रममा बस्नेतलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मान बहादुर राइ, सशत्र प्रहरी बल नेपाल नं १८ गुल्म दोलखाका प्रहरी नायव उपरीक्षक किरण कुमार कठायत, चरिकोट क्याम्पसका क्याम्पस प्रमुख तथा शिक्षा सेवी कृष्ण बहादुर गौतम कालिञ्चोक मा.विका प्राचार्य नवराज न्यौपाने समाजसेवी दावा लामा दोलखा डान्स क्रुका अध्यक्ष विष्णु राज गुरुङ, समाजसेवी उमेश कार्की लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
बस्नेत लामो समयदेखी महिला तथा बालबालिका र युवको क्षेत्रमा कार्य गर्दै क्रियाशिल रहँदै आएका छन् । यस्तै बस्नेतले यस अघि राष्ट्रिय युवा प्रतिभा पुरस्कार लगायत दर्जनौँ पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मान बहादुर राइले युवाहरु लागूऔषध तथा दुव्र्यसनीमा लाग्न नहुने बताए ।
सशत्र प्रहरी बल नेपाल नं १८ गुल्म दोलखाका प्रहरी नायव उपरीक्षक किरण कुमार कठायतले युवाहरुलाई लागूऔषत तथा दुव्र्यसनीमा नफस्नका लागि आग्रह गर्दै नेपालमा लागूऔषत तथा दुव्र्यसनी सम्बन्धि जनचेतना मुलक डाटाहरु प्रस्तुत गरेका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2019 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies