काठमाडौं : लुम्बिनी विकास बैंकले आफ्नो शेयधनीहरुले दिने बोनस पारित गरेको छ । सञ्चाकल समितिले प्रस्ताव गरेको १७.०७ प्रतिशत बोनस शेयर मंगलबार बसेको ११ औं वार्षिक साधारण सभाले पारित गरेको हो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले मङ्गलबार ११ औं वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट उक्त बोनस शेयरको प्रस्ताव पारित गरको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । १७ दशमलव ०७ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार रुपैयाँ कायम हुनेछ । राष्ट्रिय स्तरको विकास बैंकले कायम गर्नुपर्ने चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन कम्पनीले बोनसको सहारा लिएको हो ।
कम्पनीले यस अघि पूँजीवृद्धिका लागि साविक भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग एक आपसमा गाभिई २०७३ भदौ १७ गतेदेखि र सो पश्चात लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीसँग मर्जर कार्य सम्पन्न गरी लुम्बिनी विकास बैंकको नामबाट २०७४ असार २५ गतेदेखि एकिकृत कारोबार गर्दै आएको छ ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म कम्पनीले ५८ करोड ९७ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको छ । मङ्गलबारनै कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies