पाकिस्तान : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने बताएका छन् । पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रमा सम्बोधन गर्दै उनले कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसंघका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको बताएका हुन् ।
यदि युद्ध भए पाकिस्तान पूर्ण रूपमा तयार भएको र ईँटको जबाफ पत्थरले दिने उनको भनाइ छ । सम्बोधनका क्रममा खानले युद्धले कुनै समाधान नदिने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कश्मीरको विशेष हैसियत खारेज गरेर ठूलो रणनीतिक त्रुटि गरेको पनि प्रधानमन्त्री खानले बताए ।
उनले भारतको संविधानको धारा ३ सय ७० खारेज गरेर मोदीले आखिरी कार्ड खेलेको र यो हिटलरको नाजीका निम्ति ’फाइनल सोल्युशन’ जस्तै भएको उल्लेख गरे । प्रधानमन्त्री खानले उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेका दावी समेत गरे । पाकिस्तान कश्मीर मुद्दालाई लिएर अन्तराष्ट्रिय मञ्चहरूमा उपस्थित हुने खानको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies