भारत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको धारा ३७० हटाउने आफ्नो कदमको बचाउ गरेका छन् । ७३ औं स्वतन्त्रता दिवसको दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आफुले हरेक देशबासीले चाहेको काम गरेको बताएका हुन् ।
७० बर्षको अवधिमा हरेक सरकारले केही न केही प्रयास गरेपनि राम्रो परिणाम नआएपछि नयाँ शीराबाट आफुले काम गरेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले जम्मू–कश्मीर र लद्दाखका नागरिकको सपना पूरा गर्नु आफ्नो दायित्व रहेको पनि उल्लेख गरे ।
अब भारतका हरेक नागरिक एक देश, एक संविधान भन्न सक्ने अवस्था आएको प्रधानमन्त्री मोदीले बताए । सम्बोधनका क्रममा उनले आफुले निक्कै सुधारका काम गरेको दावी पनि गरे ।
तीन तलाक कानुन, आतंकबादसँग जोडिएको कानुनको संसोधन, किसानलाई ऋण, व्यापारीका लागि पेन्सनलाई उनले उपलब्धीको रुपमा ब्याख्या गरे । अंग्रेजको अधिनबाट मुक्त भएको ७२ वर्ष पूरा भएको अवसरमा दिल्लीको लाल किल्लामा विशेष समारोह आयोजना गरिएको होे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies