एजेन्सी : कश्मीर मुद्दाका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविच कुराकानी भएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले टेलिफोनमा ट्रम्पलाई कश्मीरको ताजा घटनाक्रम र क्षेत्रीय शान्तिमाथि उठेको खतराका सम्बन्धमा पाकिस्तानको चिन्ताबारे जानकारी गराएका हुन् ।
पाकिस्तानी विदेशमन्त्री महमूद कुरैसीले भारतको संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाउने निर्णयपछिको अवस्थामा बारेमा सुरक्षा परिषदले चाल्नुपर्ने कदमका बारेमा ट्रम्पसँग कुरा भएको बताएका छन् । सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा पनि कश्मीरको पछिल्लो अवस्था बारे छलफल भएको छ ।
सुरक्षा परिषदले कश्मिर विवादमा दुई देशले वार्ता गरेर समाधान निकाल्न सुझाव दिएको बताइएको छ । पाकिस्तानले भारतीय कदमको विरोध गर्दै सुरक्षा परिषदलाई चिट्ठी लेखेपछि परिषदको अनौपचारिक बैठक भएको हो ।
बैठकपछि संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अबबरुद्दीनले धारा ३७० सम्बन्धी विषय आन्तरिक मुद्दा रहेको र यसमा बाहिरका देशको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
पाकिस्तानका राजदूत मलीहा लोधीले सुरक्षा परिषदमा उठेको विषय भारतको आन्तरिक विषय मात्रै नहुने बताएका छन् । चीनले कश्मीरको अवस्थामा चिन्ता प्रकट गर्दै राष्ट्रसंघको प्रस्ताव अनुसार नै समाधान निकाल्न आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies