काठमाडौं : वरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । कलाकार अधिकारीको ७३ बर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले डल्लु स्वयम्भुस्थित निवासमा राखिएको छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिपारिक श्रोतले जानकारी दिएको छ । अधिकारीले थुप्रै नेपाली चलचित्रमा चरित्र अभिनेतृको भुमिका निर्वाह गरेकी छिन् । उनको जन्म दुई हजार तीन सालमा काठमाडौंको असनमा भएको थियो ।
अधिकारीले छ बर्षको उमेरदेखि नै नाटकवाट अभिनय यात्रा शुरु गरेकी थिइ्न । उनले थुप्रै नाटकमा पनि अभिनय गरेकी छिन् । मनको बाँध, सिन्दुर, सन्तानका साथै ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’लगायतका चलिचत्रमा उनले गरेको अभिनय उत्कृष्ट मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies