काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले देश विकासका लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्तासमेत व्यक्त गरे । सानो—ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै नेता नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए ।
कहिलेकाही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने उनको भनाइ थियो । कार्यक्रममा नेता नेपालले आफूले गर्न सक्ने काम पनि सरकारले गरिदेला भनेर नकुर्न सर्वसाधारणलाई आग्रह पनि गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies