बंगलादेश : बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । चालन्तिको सुकुम्बासी बस्तीमा शुक्रबार राती भएको आगलागीका कारण पचास हजार मानिस घरबार बिहीन भएको बताइएको छ ।
आगलागीमा परेर थुप्रै मानिस घाइते भएका छन् । मृत्यु भने कसैको पनि नभएको बंगलादेशको प्रहरीले जनाएको छ । आगलागीवाट बस्तीका झण्डै १५ हजार घर टहरा नष्ट भएका छन् । धेरै घरमा प्लास्टिकको छाना रहेकाले आगो चाँडो फैलिएको थियो ।
बस्तीमा लागेको आगो नियन्त्रणमा लिन छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी भएको बस्तीमा न्यून आय भएका मजदुरहरु बस्दै आएका थिए । आगलागीको कारण खुलेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । गत फेब्रुअरीमा ढाकामै भएको आगलागीमा असी जनाको मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies