काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले सरकारका काम र समसामयिक विषयमा सदनलाई जानकारी गराउन लागेका हुन् ।
सम्बोधनमा स्वास्थ उपचारका लागि गरेको सिंगापुर भ्रमणका विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराउने अनुमान गरिएको छ । प्रधानमन्त्रीको नियमित प्रश्नोत्तर तालिका पनि आजै परेको छ । संसद नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा दश जनासम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था गरेको छ ।
सांसदहरुले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ । यो कार्यक्रम एक घण्टासम्म चल्ने नियममा व्यवस्था नियमावलीमा छ । तर चालु अधिवशेनमा अहिलेसम्म प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies