काठमाडौं : एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा साविक विजेता तुर्किमिनिस्तानले विजयी शुरुवात गरेको छ । आर्मी कभर्डहल लगनखेलमा सोमबार भएको पहिलो खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।
समूह ‘बी’अन्तर्गत भएको खेलको पहिलो प्रतिस्पर्धात्मक सेट ३२-३० ले तुर्किमिनिस्तानले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा अफगानिस्तानले १६-२५ को नतिजा निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।
त्यसपछिका दुवै सेट २७-२५ र २६-२४ को नतिजामा तुर्किमिनिस्तानलाई सुम्पिएपछि अफगानिस्तानले पराजय बेहोर्नुपर्यो ।
अफगानिस्तानले मंगलबार आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ भने तुर्किमिनिस्तानले पनि सोही दिन उज्वेकिस्तानसँग खेल्ने छ ।
सोमबार नै हुने दोस्रो खेलमा आयोजक नेपालले दिउँसो चार बजे किर्गिस्तानको सामना गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies