जनकपुर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार पाँच वर्ष सम्म रहने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली पनि समझदारी अनुसार अघि बढ्ने बताए ।
अध्यक्ष दाहालले पार्टी कि केपी ओली नेतृत्वको भन्ने संचारकर्मीको जिज्ञासामा नेकपाको सरकार पाँच वर्ष चल्ने बताएका हुन् । अध्यक्ष दाहालले पार्टी एकता विरुद्ध भ्रम छर्ने काम भइरहेको आरोप लगाए । उनले पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरी प्रस्तुत गरिएको गुनासो गरे ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको विभाग गठनको विषयमा असन्तुष्टि व्यक्त गरे । सचिवालयमा पार्टीको वरिष्ठ व्यक्तिहरुलाई पाखा लगाएर कनिष्ट व्यक्तिहरुलाई राखिएको भन्दै उनले असन्तुष्टि जनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies