काठमाडौं : समाज उत्थान महिला मञ्च, नेपालले छैटौं वार्षिकोत्सव एवं हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
वसुन्धारास्थित दियोलो फुडल्याण्डमा आयोजित कार्यक्रममा राप्रपा संयुक्तकी उपाध्यक्ष एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारी प्रत्येक वर्ष आयोजना गर्दै आएको कार्यक्रमलाई यस पालीको तीजको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा संस्थाका सदस्यहरु लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गा श्रेष्ठले महिलाहरुले संगठित भई कार्य गरेमा घर मात्र होइन पूरै समाजलाईनै बदल्न सक्ने क्षमता राख्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि कामनपा २६ का वडाध्यक्ष ख्यामराज तिवारीका अनुसार महिला दिदीबहिनीहरुले समाज विकासका विभिन्न आयामहरुमा अनुकरणिय कार्य गरेको र अझै परिष्कृत र व्यवस्थित तवरले सबै पक्षसँग हातेमालो र सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै यो संस्थाले नयाँ वसपार्क क्षेत्रमा देखिएका विभिन्न असंगतिहरुलाई हटाउन संघर्ष गरिरहेको र आगामी दिनहरुमा पनि यस्तै सकारात्मक कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारले धर्म संस्कृति माथि सरकारले जुन प्रकारको प्रतिवन्ध लगाउन खोजेको देखिन्छ त्यो निन्दनिय रहेको र त्यस्तो गलत कदम नचाल्न सरकारलाई अनुरोध गरिन् ।
यो तीजले तडकभडक बढाउने कार्य नभई नारी एकता र सद्भावमा बल पुर्याएको धारणा व्यक्त गरिन् । नारीहरुले गर गहना मात्रै देखाएर कार्यक्रम गर्छन भन्ने कुरालाई चुनौती दिँदै सामान्य सज्जामा उपस्थित भई चाडपर्व मनाउन खोजिएको बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies