काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओलीले सर्वदलीय बैठक राखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे हुने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका विषयमा छलफल हुने कार्यसूचि छ । दुई दिनअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले एक साताभित्र आयोगलाई पुर्णता दिने बताएका थिए ।
आयोगलाई पुर्णता नदिएको विषयमा अन्र्तराष्ट्रिय समुदायले समेत बेला बेलामा प्रश्न उठाउदै आएका छन् । सत्यनिरूपण आयोगको प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट ब्यक्ति नियुक्त गर्ने तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies