काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयकमाथी दफावार छलफल सम्पन्न गर्दै सर्व सम्मतिले पास गरेर संसदमा पठाउने निर्णय गरेको हो ।
समितिले संसदबाट विधेयक पास भएको मितिले एक वर्षपछिदेखि नेपालमा क्लिन फिड लागु हुने व्यवस्था पास गरेको छ । समिति सभापति कल्याणी खड्काले विज्ञापन विधेयक पास गरेर पठाएपछि नेपालको विज्ञापन क्षेत्र आधुनिक र मर्यादित हुने बताइन् ।
समितिले विज्ञापन विधेयक पास गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालको विज्ञापन जगतमा क्रान्ति भएको बताए ।
एक वर्षभित्र सबै केबल टेलिभिजन अपरेटरहरुले नेपालमा उपलब्ध गराउने विदेशी च्यानलहरुलाई विज्ञापन रहित (क्लिन फिड) बनाउनुपर्नेछ । त्यस्तै, विधेयक पास भएपछि बिजुलीका तार पोलहरुमा होर्डिङ बोर्ड राख्न पाइनेछैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies