काठमाडौं : पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ । जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन परिसर पुगेकी पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने तयारी गरेकी छन् । निकिता पौडेलले जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता गराउन प्रहरी परिसर पुगेकी थिइन् । उनीहरुले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको पौडेलको आरोप छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies