-राकेश यादव
रौतहट : तत्कालीन नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद अशोक जायसवालले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साह माथि विभिन्न किसिमका गम्भीर आरोप लगाउँदै पार्टीबाट कड़ा कारबाही गर्नुपर्ने बताएका छन् ।
नेकपाका प्रदेश २ को अध्यक्ष पदबाट प्रभु साहले राजीनामा दिए लगतै साहबाट पीडि़त भएका पूर्वनेकपा माओवादीका कार्यकर्ताहरुले सदरमुकाम गौरमा बुधवार पत्रकार सम्मलेन गरी सांसद साह माथि अनेक आरोप लगाएका थिए । विगत २ वर्ष देखि सहन गर्दै आएका पीड़ाहरु पूर्व माओवादीका कार्यकर्ता एकठाउँमा भेला भएर सार्वजानिक गरेका हुन् ।
गौरस्थित रामजानकी धर्मशालाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मलेनमा पूर्व सभासद जायसवालले प्रभु साह ईमानदार कार्यकर्ताको हत्या गरी आफ्नो श्रीमतीलाइ मेयर बनाएको आरोप लगाए ।
प्रभु साह स्थानीय निर्वाचनदेखि संघीय,प्रादेशिक निर्वाचन सम्मको टिकट वितरणमा निषेधको राजनीतिक गरेको उल्लेख गर्दै सींगो पार्टीलाई आफ्नो परिवार र निजी गुटमा परिणत गरेको दावी गरे ।
पूर्वजिल्ला इंचार्ज समेत रहेका जायसवालले प्रभु साहले पार्टीका उम्मीदवारलाइ हराउने कार्य गरेको समेत उल्लेख गरे । उनले भने ‘प्रभु साह खुलम खुल्ला रुपमा पदीय मर्यादाको खिल्ली उडाएका छन् ।’ उनले प्रभु साहले स्थानीय चुनावमा गुटका उम्मेदवार नभएको कारण परोहा, राजपुर नगरपालिका, ईशनाथ नगरपालिका,गरुडा नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा पार्टीका उम्मीदवारलाइ पराजित गराएको बताए ।
रौतहटमा ८ वटा स्थानीय तह जित्न सकिने अवस्थामा ३ वटामा मात्र सिमित भएको टिप्पणी गरे । जायसवालले प्रादेशिक समितिबाट राजीनामा दिनु अर्को पद पाउनका लागि पार्टीलाइ घुरकी देखाउने खेल मात्र रहेकोले राजीनामाको पछि नलाग्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
२ दशक देखि पार्टीमा रहेर जनयुद्ध लडका धीरज पटेललाइ स्थानीय निर्वाचनमा टिकट नदिएर आफ्नो श्रीमतीलाइ मौलापुर नगरपालिकाको प्रमुख चुनाव लड़ाएको जिकिर गरे । लामो समय सम्म मधेशमा चालेको आन्दोलनको संविधान सभामा हस्ताक्षर नगरी नक्कली मधेशको मसीहा बन्न खोजेका साहले पछि त्यही संविधानलाइ अंगीकार गरी मंत्री समेत बनेको नकारात्मक टिप्पणी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies