काठमाडौं : नेपाल एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’मा रहेको नेपाल लगातार दुई खेलमा पराजय व्यहोर्दैै समूह चरणबाटै बाहिरिएको हो ।
पहिलो खेलमा कीर्गिस्तानसित ३–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बुधबार माल्दिभ्ससित पनि ३–० ले नै पराजित भयो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल २५–२२, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित भएको हो ।
यो समूहबाट दुवै टोलीलाई हराएको कीर्गिस्तान समूह विजेता बन्दै तथा माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सात राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले अब पाँचौं स्थानका लागि शुक्रबार अर्को समूहको तेस्रो स्थानको टोलीसित खेल्नेछ । उज्वेकिस्तान समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies