काठमाडौं : राष्ट्रपति कार्यालयका सचिव विनोद के.सी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् । मंगलबार मन्त्रालयका सचिव महेश दहाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरी उक्त मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरेको चर्चा भएपनि बुधबार प्रकासित सचिव सरुवाको फाईनल सूचीमा सचिव केसी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएको उल्लेख छ ।
सचिव केसी सहसचिव रहँदा केही समय वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारीमा काम गरी वैदेशिक रोजगार क्षेत्रको अनुभव हासिल गरिसकेका प्रशासक हुन् । सचिवमा बढुवा भएपछि केसीले राष्ट्रपति कार्यालय, रक्षा मन्त्रालय तथा सार्वजनिक खरीद अनुगमन कार्यालयमा पनि जिम्मेवारी सम्हालेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies