भारत : भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए । अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसलगत्तै उनी फरार भएका थिए ।
उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो । त्यहाँ उनी थिएनन् । प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो । उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो । उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो । चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए ।
चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर क्निनुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो । यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies