काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकरले राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेका हुन् ।
उनले यसअघि पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । उनी आजै दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies