काठमाडौं : काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स गाडीको शोरुममा आगलागी भएको छ । आगलागीबाट चारवटा नया गाडी र एउटा नयाँ मोटरसाईकलमा क्षति पुगेको छ । मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्समा पनि क्षति भएको छ ।
एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट झण्डै डेढ करोड रुपैयाको क्षति भएको अनुमान गरिएको छ । वारुणयन्त्रको सहयोगमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies