इमरान खान/मध्यान्ह
रुपन्देही : प्रदेश नं.५ मुख्यमंत्री तथा मन्त्रिपरिषदको गत मगंगलवार बसेको बैठकले मदरसा शिक्षा कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यबिधिमा मुस्लिम समुदायका बालबालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चतताको लागि वैकल्पिक माध्यमका रुपमा स्थापित मदरसाहरुको शिक्षामा मूलप् प्रबाहीकरणको लागि आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने दफा ३ बमोजिम उद्देश्य हासिल गर्नका लागि सहयोग पुर्याउन प्रदेश स्तरीय मदरसा शिक्षा समिति गठन हुनेछ भन्ने उद्देश्य राखिएको छ ।
उक्त निर्णय प्रति प्रदेश नं. ५ का मुस्लिम समुदाय खुसी रहेको स्थानिय मुस्लिम अगुवाहरू बताउछन् । यसमा अल-बर्कात एजुकेसनल वेलफेयर सोसाइटी, नेपालका केन्द्रीय अध्यक्ष अहमद हुसैन रजवी, महासचिव मौलाना नूर मोहम्मद खालिद मिस्बाहीले प्रदेश सरकार को यस्तो निर्णय स्वागतयोग्य रहेको जानकारी दिएका छन् ।
उक्त सोसाइटीका केन्द्रीय अध्यक्ष अहमद हुसैनले हालै प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोख्रेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाइ भेचेर ज्ञापन पत्र सहित मदरसा शिक्षाको चौतर्फी विकाश र प्रभावकारी बनाउने माग राख्दा मन्त्री बरालले आफू मुस्लिम समुदायको हक हितमा रहेको र प्रदेश स्तरीय मदरसा शिक्षा समिति गठन गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेको र उकित वाचा पुरा गरेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies