काठमाडौं : एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल श्रीलंकामा विहान पौने दश बजे हुनेछ । समूह चरणबाटै बाहिरिएको नेपाल अन्तिम खेलमा सान्त्वना जित निकाल्ने प्रयासमा हुनेछ ।
शुरुवाती दुई खेलमा पराजय ब्यहोरेको नेपाल एक जित सहित नेपाल फर्कने योजनामा छ । तुलनात्मक रुपमा युएई नेपालभन्दा कमजोर टिम मानिन्छ । पछिल्ला पाँच भेटमा नेपालले चार खेल जितेको छ ।
समूह ’बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ । नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies