अमेरिका : अमेरिकाले साउदी अरेबियामा आफ्नो सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदीका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणपछि उसले सेना पठाउन लागेको हो । पठाउने सेनाको संख्या भने अमेरिकाले खुलाइएको छैन ।
साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले रक्षात्मक प्रयोजनका लागि सेना पठाउने तयारी गरिएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानविरुद्ध उच्च तहको प्रतिबन्ध लगाउने घोषणा गरेका छन ।
अमेरिकाले लगाउने नयाँ प्रतिबन्ध इरानको केन्द्रीय बैंकमा केन्द्रित हुने छ । सैन्य तनाव सकेसम्म नहोस् भन्ने पक्षमा आफू रहेको ट्रम्पको भनाइ छ । गत हप्ता साउदीका दुई तेल प्रसोधन केन्द्रमा इरानले आक्रमण गरेको दावी अमेरिका र साउदी अरेबियाको गर्दै आएका छन । इरानले यो आरोप अस्वीकार गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies