काठमाडौं : डाटा चोरीको विषय बाहिर आएपछि फेसबुकले हजारौं एप्सलाई निलम्बन गरेको छ । प्रयोगकर्ताका जानकारी चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि उसले एप्सहरु निलम्बन गरेको हो ।
निलम्बन गरिएका सबै एप्स प्रयोगकर्ताका लागि जोखिमपूर्ण भने नभएको फेसबुकले उल्लेख गरेको छ । निलम्बनमा पर्दैमा एप्सले मानिसहरूलाई जोखिममा पार्ने सङ्केत नगर्ने पनि फेसबुकले जनाएको छ ।
फेसबुकबाट लिएको डेटा अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि ति एप्सलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकको सुरक्षाका विषयमा प्रश्न उठेको थियो । उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा फेसबुकलाई पाँच अर्ब डलर जरिबाना तिराएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies