अमेरिका : अमेरिकाको युटा राज्यमा पर्यटक सवार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । घाइते तथा मृत्यु हुने सबै चिनियाँ पर्यटक हुन् । बसका चालक भने चिनियाँ मुलका अमेरिकी रहेको बताइएको छ ।
घाइतेलाई तीनवटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधनले तत्कालै उद्दार गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाटो छेउको रेलिङ्गमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies