एजेन्सी : साउदी अरेबियाले आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त जवाफ दिने बताएको छ । अत्यावश्यकीय प्रतिक्रियाका रुपमा आक्रमणको जवाफ दिने चेतावनी उसले दिएको हो ।
विदेश मन्त्री अब्देल अल–जुबेरले इरानले गरेको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ बताएका हुन । तर उनले कस्तो खालको आक्रमण या जवाफ दिने भन्ने खुलाएका छैनन् ।
आक्रमणमा प्रयोग भएका सबै हतियार इरानी रहेको विदेश मन्त्री अल जुबेरले उल्लेख गरे । साउदी अरेबियाले चाँडै नै आक्रमणका सम्बन्धमा गरिएको अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक गर्नेपनि जनाएको छ ।
अमेरिकाले पनि आक्रमणपछि साउदीको सहयोगका लागि सेना पठाउने जनाएको छ । इरानले भने त्यसवाट उत्पन्न हुने स्थितीको जवाफ दिन तयार रहेको प्रतिक्रिया जनाएको छ ।
गत हप्ता सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा आक्रमण भएको थियो । आक्रमणपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies