काठमाडौं : बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली धितो राखी पाँच करोड रुपैयाँ ऋण दिएको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठसहित एघार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले श्रेष्ठसहित बैंकका कर्मचारी, बिचौलिया र केही ऋणीलाई पक्राउ गरेको हो । श्रेष्ठसँगै खोलाको जमिन धितोमा राखेर पाँच करोड रुपैयाँ ऋण लिने सुरेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन् ।
त्यसैगरी सुष्मा शाह, ऋचा श्रेष्ठ, किरण बोहोरा, विक्रम पन्त र पुष्पराज भण्डारीलगायत बैंकका कर्मचारीहरू पनि पक्राउ परेका छन । दुई जना फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी बैंकसँग मर्ज हुनुअघि नै सो ऋण प्रवाह गरिएको प्रहरीले जनाएको छ । सुरेन्द्र श्रेष्ठले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोज्दा धितो राखेको जग्गामा खोला बगेको भेटिएको हो । झापाको बिरिङ खोला क्षेत्रको जग्गा धितो राखेर पाँच करोड रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरण प्रहरीसम्म पुगेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies