पाकिस्तान : पाकिस्तानको बबुसार टप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मृत्यु र घाइते भएकामा अधिकांश बालबालिका र महिला रहेको बताइएको छ ।
स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies