काठमाडौं : साफ यू-१८ च्याम्पियनसिपमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भारत र बंगलादेशबीचको खेल सशस्त्र प्रहरीको हल्चोक मैदानमा दिउँसो तीन बजेपछि हुनेछ ।
समूह बीमा रहेको दुवै टिम सेमिफाइनल प्रवेशका लागि प्रबल दावेदारका रुपमा रहेका छन् । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई तीन शुन्यले हराउदै सेमिफाइनल नजिकै पुगिसकेको छ । भारत भने पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह बी मा बंगलादेश तनी अंक जोडेर शीर्ष स्थानमा छ । अंक विहिन भारत दोस्रो र श्रीलंका पुछारमा रहेको छ । गत सिजनको उपविजेता भारत यो पटक उपाधि भित्राउने प्रयत्नमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies