काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरु कांग्रेस र हिजोका निरंकुशतावादीजस्तै हुँदै गएका बताएका छन् । उनले कम्युनिष्ट र कांग्रेस छुट्याउन गाह्रो पर्ने अवस्था आएको बताए ।
सहाना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट कार्यकर्ताहरु आफ्ना आदर्श, विचार र निष्ठाबाट स्खलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रचण्डले भने, “सत्ता प्राप्तिअघि गरेको सङ्घर्षका आधारमा हामीलाई जनताले माया र भरोसा गरे । तर हामीले तदनुरूप व्यवहार गर्न सकेनौं । समाजवादको यात्रा शुरू गर्ने त भनेका छौँ, तर के हामी समाजवादको यात्राका निम्ति एउटा योद्धाजस्तै छौँ त ? या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता या हिजोका निरङ्कुशहजस्तै ? छुट्याउनै गाह्रो हुने पो भयौँ कि ?”
उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिष्ट आन्दोलन पनि क्रमशः शिथिल बन्दै जाने खतरा रहेको बताए । उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिष्ट पार्टीले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले आफूहरु वर्ग विभेदलाई मेटेर वर्ग समन्वयतिर गएको भन्दै आजको मुख्य प्रश्न नै त्यही भएको बताए । 'अब समाजवादको आधार निर्माण गर्ने, समाजवादी क्रान्तिको तयारी गर्ने, त्यसको निम्ति आवश्यक पर्ने विचारको स्पष्टता हामीमा आयो त?', उनले प्रश्न गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies