यो दशकमा नेपालले यातायात क्षेत्रमा गरेको विकासको गतिलाई मन साँघुरो नबनाइ भन्ने हो भने प्रशंसनीय छ । नेपालका दूरदराजसम्म सडकको विकास भएको छ । कच्ची नै सही हिमाली र उच्च पहाडी क्षेत्रसम्म यातायातको पहुँज बिस्तार भएको छ । केही दशक अगाडिसम्म शहर र मधेशका जिल्लाहरुमा सीमित सडक र सवारी साधन गतिले शिखर चुमिसकेको छ । मनाङ र मुस्ताङ सडक सञ्जालकै विकासले सहज बन्दै गएको छ । बिस्तारै ग्रामिण भेगमा उत्पादित अनाजले समेत बजार पाउने अवस्था बन्दै गएको छ । सडक सञ्जाल बिस्तारका कारण आन्तरिक अन्तरघुलन बढेको छ । नेपालजस्तो बहुलतायुक्त देशमा सडक सञ्जालको विकासले सामाजिक दायरा फराकिलो बन्दै गएको छ ।
तर, भनिन्छ– विकास आफैंमा विनाशको कारण पनि हो । आजको विश्व विकसित विज्ञान र प्रविधिकै कारण समस्यामा समेत परेको छ । अहिले नेपालमा सडक सञ्जालको विकाससँगै सवारी दुर्घटनाको भयावह चित्र समेत कोरिदै गरेको छ । औसत दैनिक ६ जनाको मृत्यु हुने गरेको छ भने यसबाट अंगभंग हुने जीवन कहालीलाग्दो छ । दिनहुँ हुने सवारी दुर्घटना लगभग आजको समाचार समेत बन्न छोडिसकेको छ । किनभने, सवारीबाट हुने एक दुई जनाको मृत्युलाई समाचार नै नमान्ने अवस्था बनिसकेको छ । यो आफैंमा डरलाग्दो अवस्था हो । अझ चाँडबाँडका बेला सवारी दुर्घटना बढी हुने गरेको छ ।
शहरबाट गाउँतर्फ र कार्यक्षेत्रबाट घरतिर फर्कनेको संख्या अत्याधिक हुने हुँदा सवारी दुर्घटना पनि बढी हुने गरेको छ । त्यसका मुख्य कारण भनेको क्षमता भन्दा बढी यात्रु चढाउनु, सडकको अवस्था राम्रो नहुनु र सवारी चालकको लापरबाहीका कारण परिवारमा खूशी साट्न हिडेकाहरु गन्तव्यसम्म नपुग्दा परिवारमै पीडा थपिने अवस्था बन्दै आएको छ । जसलाई रोक्ने एउटै निर्विकल्प निकाय हो, सरकार । दीर्घकालीन समाधान फरक विषय हो । तर, अल्पकालमै पनि सरकारले चाहे सुरक्षित सवारीको अवस्था सिर्जना हुन सक्छ । क्षमता भन्दा बढी यात्रु चढाउन नदिने, सवारी चालकको लापरबाहीपन रोक्नेगरी सुरक्षाकर्मी परिचालित हुने र कच्ची सडकको अवस्थामा सुधार गर्न सकिन्छ । तर, ट्राफिक प्रहरीले नै यसप्रति आँखा चिम्लिदिए भने सवारी दुर्घटनाले निरन्तरता रोकिने देखिदैन । यसर्थ, सवै यात्रा सुरक्षित गराउन सरोकारवालाले सचेतता अपनाउन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies