एजेन्सी : कुर्दिस सेनामाथि आक्रमण गर्ने उद्देश्यले टर्कीले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ । अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सीमा क्षेत्रमा सैन्य संख्या बढाएको हो ।
टर्कीले लामो समयदेखि कुर्दिश फौजविरुद्धको आक्रमणको योजना बनाइरहेको छ । सिरियामा आइएस समूहविरुद्ध लडेको अमेरिका समर्थित कुर्दिस सेनालाई टर्कीले आतंककारी मान्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिरियावाट सेना फिर्ता गर्ने निर्णयको अमेरिकाभित्र र बाहिर आलोचना हुँदै आएको छ । कुर्दिश सेनाले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भनेका छन् ।
ट्रम्पले भने टर्कीलाई सेना फिर्ता सम्वन्धी निर्णयको गलत फाइदा नउठाउन भन्दै सैन्य आक्रमण गरेमा अर्थतन्त्र नै ध्वस्त पारिदिने चेतावनी दिएका छन् । टर्कीले सिरियासँगको सिमा क्षेत्रमा 'सुरक्षित क्षेत्र; बनाउने योजना अघि सारेको छ । सो स्थानमा टर्कीमा रहेका ३७ लाखमध्ये २० लाख सिरियाली शरणार्थीलाई राख्ने योजना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies