टर्की : टर्कीले उत्तरी सिरियामा हवाई तथा स्थल आक्रमण शुरु गरेको छ । टर्कीको सेना सिरियाको युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेको हो । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्डोगानले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन् । टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन् । फ्रान्स, जर्मनी तथा बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले आक्रमण शुरु गरेको हो । कुर्द समूह वाइपीजीको नियन्त्रणमा रहेको तल अब्याद नगरमा टर्कीले बुधबार स्थल आक्रमण गरेको थियो । आक्रमणपछि रस अल ऐन र तल अब्याद नगरका बासिन्दा सुरक्षित स्थानतर्फ भागेका छन ।
टर्कीले सैन्य निशानामा मात्र आक्रमण गरेको बताएको छ । तर पर्यवेक्षकहरुले आक्रमणमा दश गैरसैनिक मारिएको बताएका छन । कुर्द फौजले टर्कीको आक्रमणको प्रतिकार गर्ने बताएको छ । कुर्दहरु अमेरिकाको साथ मिलेर त्यहाँ सिरियाली सरकार एवं आइएसविरुद्ध लडिरहेका छन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies